विवाह पञ्चमीभर मदिरा र माछामासु निषेध
जिल्ला प्रशासन कार्यालय, धनुषाले जनकपुरधाम क्षेत्रभित्र मदिरा, माछामासु बेचबिखन तथा पशुपंक्षी वध गर्न रोक लगाएको छ ।
मिथिलाको सांस्कृतिक पर्वको रुपमा रहेको रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा सिडिओ कार्यालयले जनकपुरधामको परिक्रमा क्षेत्रभित्र तथा सडक दायाँबायाँ त्यस्ता मदिरा, माछामासु बेचबिखन तथा पशुपंक्षी वध गर्न निषेध गरेको हो । आज राति १२ बजेदेखि मंसिर २२ गते राति १२ बजेसम्म त्यस्ता कार्य गर्न नपाइउने कार्यालयले जनाएको छ ।
सिडिओ रामु राज कडरीयाद्धारा जारी सूचनामा उल्लेख छ, ‘मिति २०८१–०८–१९ गते राति १२ बजेदेखि मिति २०८१–०८–२२ गते राति १२ बजेसम्म जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्रीवितरण, पशु्पंक्षी मारमाट, माछामासु बिक्री वितरण, उत्पादनलगायत अन्य नसालु पदार्थको सेवा गर्न पूर्ण रुपमा निषेध गरिएको जानकारी गराइन्छ ।’
सूचनाविपरीत निषेधित क्षेत्रमा कोही कसैले त्यस्ता कार्य गरेको पाइएमा प्रचलित कानूनबमोजिम आवश्यक कारबाही गर्ने चेतावनी दिइएको छ ।
टिप्पणीहरू