अमेरिकी सहायक विदेशमन्त्री पर्सि बिहान आउने,भोलिपल्ट फर्कने
संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु पर्सि बिहान काठमाडौं आउँदै छन् । भारत भ्रमण सकेर श्रीलंका पुुगेका उनी कोलम्बोबाट श्रीलंकन एअरलाइन्सको उडान नम्बर युएल १८१ मा आइतबार बिहान पौने ११ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
आइतबार र सोमबार उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने उनी भोलिपल्ट बेलुकी साढे ७ बजे फ्लाइ दुबईको उडान नम्बर एफजेड ५७६ बाट दुबई जाने बुझिएको छ ।
टिप्पणीहरू