पूर्वराजाको फोटो देखाउँदै धरहराअगाडि धर्ना

पूर्वराजाको फोटो देखाउँदै धरहराअगाडि धर्ना
सुन्नुहोस्

राजा र हिन्दुराष्ट्र फर्काउने अभियानअन्तर्गत राजावादीहरुको एक समूहले धरहराअगाडि धर्ना दिएको छ ।   

'राष्ट्रवादी नागरिक समाज'को ब्यानरमा आज दिउँसो सुन्धारास्थित धरहरा टिकट काउन्टर छेउमा डेढ दर्जनको संख्यामा रहेका राजावादीहरु धर्ना बसेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहको फोटोसहित 'राजतन्त्र पुनर्वहालीको लागि धर्ना कार्यक्रम' लेखिएको व्यानर टाँगेर बसेका उनीहरुले त्यसक्रममा राजतन्त्र जिन्दावाद भन्दै नाराबाजी गरेका थिए । 

राजतन्त्रको पक्षमा वकालत गर्दै आएको यो समूहले निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ ।

टिप्पणीहरू