भारतस्थित बंगलादेशी कूटनीतिज्ञ ढाका पुगे, कूटनीतिक तनाव जारी
बंगलादेशको अन्तरिम सरकारले भारतको कोलकाता र त्रिपुरामा रहेको उच्चाआयोगमा कार्यरत आफ्ना दुई कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ । त्रिपुराको अगरतलास्थित बंगलादेशी उच्चायोगमा भएको तोडफोड र कोलकाताको उप–उच्चायोगको कार्यालय बाहिर गरिएको विरोध प्रदर्शनपछि बंगलादेशले उक्त निर्णय लिएको बताइएको छ ।
त्यहाँको अन्तरिम सरकारले फिर्ता बोलाएका कोलकातास्थित उप उच्चायोगका कार्यवाहक उपउच्चायुक्त मोहम्मद असरफुर रहमान ढाका पुगेका छन् ।
बंगलादेशको विदेश मन्त्रालयले सोमबार अगरतलास्थित उच्चायोगमा भारतीय हिन्दूवादी संगठनका समर्थकले बंगलादेशी झण्डाको अपमान गरेको आरोप लगाएको छ । उच्चायोगको कार्यालयमा आक्रमणसमेत भएको थियो ।
त्यस घटनालगत्तै डिसेम्बर ३ मा बंगलादेशले उच्चायोग बन्द गरेको थियो ।
बंगलादेशमा इस्कोन धर्मावलम्बीका पूर्वप्रमुख चिन्मय प्रभुको गिरफ्तारीपछि भारतमा विरोध भएको थियो । बंगलादेशमा भारत विरोधी प्रदर्शन भइरहेका छन् ।
टिप्पणीहरू