‘धराने जनता पनि नेपाली नागरिक हुन् ’
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले प्रमुख प्रशासकीय अधिकृत पठाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका छन् । उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा जनताको काम अड्किएको उनको भनाई छ ।
तुरुन्तै प्रशासकीय अधिकृत पठाइदिन अनुरोधसहित मन्त्रालयलाई लेखिएको पत्रमा भनिएको छ, ‘धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कहिले पठाइदिने होला ? यहाँ जनताको काम अड्किएर गाह्रो भइसक्यो । लौ न तुरुन्त पठाइदिनुपर्यो ।’
साम्पाङले व्यङ्ग्य गर्दै धराने जनता पनि नेपाली नागरिक नै भएको पत्रमा लेखेका छन् ।
टिप्पणीहरू