पश्चिमा वरिष्ठ अर्थशास्त्रीहरुद्वारा चिनियाँ सफलताको खुलेर प्रशंसा

पश्चिमा वरिष्ठ अर्थशास्त्रीहरुद्वारा चिनियाँ सफलताको खुलेर प्रशंसा

एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन चीन पुगेका पश्चिमा मुलुकका वरिष्ठ अर्थशास्त्रीहरुले चीनको खुलेर प्रशंसा गरेका छन् । राष्ट्रपति सि चिनफिङसँगको संयुक्त शिष्टाचार भेटवार्तामा उनीहरुले गरिवी निवारणमा चीनले प्राप्त गरेको सफलताको मुक्तकण्ठले बयान गरेको बताइन्छ । 

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार बेइजिङमा आयोजित १ जोड १० वार्तामा सहभागी हुन गएका अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टिालिना जर्जिभा, विश्व बैंक समूहका सभापति अजय बांगा, विश्व व्यापार संगठनका महानिर्देशक ङोजी ओकोञ्जो इवेलालगायतले चीनको आर्थिक विकास, समृद्धि र गरिवी निवारणको प्रशंसा गरेका हुन् ।

भेटमा राष्ट्रपति सिले चार दशक लामो दिगो र द्रुत आर्थिक विकासका कारण यतिखेर चीनको विकास उच्च गुणस्तरमा पुगेको बताउनुभएको थियो । उहाँले भन्नुभयो, ‘विश्वको आर्थिक विकासमा चीनको योगदान करिब ३० प्रतिशत पुगेको छ ।’

टिप्पणीहरू