अफगान गृह मन्त्रालयभित्रै आत्मघाती बिस्फोट, मन्त्रीलगायत आधा दर्जनको मृत्यु
अफगानिस्तानको राजधानी काबुलमा गृह मन्त्रालयभित्रै भएको आत्मघाती बम बिस्फोटमा शरणार्थी तथा स्वदेशफिर्ती मामिलासम्बन्धी मन्त्री खलिल हक्कानीको मृत्यु भएको छ । आक्रमणमा अन्य छ जना पनि मारिएका छन् ।
खलिल हक्कानी तालिबानभित्रैका शक्तिशाली समूह हक्कानी नेटवर्कका शीर्ष नेता थिए । सन् २०११ मा अमेरिकाले उनीबारे सूचना दिनेलाई ५० लाख अमेरिकी डलर पुरस्कारको घोषणा गरेको थियो । चरमपन्थी तालिबानले तीन वर्षअघि त्यहाँको सत्ता कब्जामा लिएपछि मारिनेमा हक्कानी हालसम्मकै सबैभन्दा ठूला नेता हुन् ।
आक्रमणको जिम्मा चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस) ले लिएको छ । जलालुद्दिन हक्कानीका छोरा तथा खलिल हक्कानीका भतिजा सिराजुद्दिन हक्कानी वर्तमान सरकारमा गृहमन्त्री छन् ।
टिप्पणीहरू