रवि लामिछानेमाथि मानव अधिकार हनन् भएको छैन : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि कुनै पनि किसिमको मानव अधिकार हनन् नभएको दाबी गर्नुभएको छ । उहाँले वर्तमान सरकार मानव अधिकार रक्षामा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
नवलपुरको हुप्सेकोट गाउँपालिका पुग्नुभएका मन्त्रीले ‘सबै प्रक्रिया कानुनबमोजिम अनुसन्धान भइरहेको’ उल्लेख गर्दै भन्नुभयो, ‘कानुन अनुसार नै हिरासतमा राखेर अनुसन्धान गरिएको हो ।’
उहाँले न्यायिक प्रक्रिया, प्रहरी र प्रशासनका कामकारबाहीलाई अवरुद्ध नगर्न चेतावनी दिनुभयो । त्यस्तो काम गर्नेहरुविरुद्ध सरकार निर्मम हुने चेतावनी दिनुभएको छ ।
टिप्पणीहरू