प्रहरीभित्र ‘हनिट्रयाप’,१ वर्षमा ७ ठाउँ फलिफाप

प्रहरीभित्र ‘हनिट्रयाप’,१ वर्षमा ७ ठाउँ फलिफाप
सुन्नुहोस्

मायाजालमा पारेर फसाउने र पैसा असुल्ने-सर्वसाधारण हनीट्र्यापको फन्दामा पर्दा उध्दार गर्ने प्रहरी संगठन आफैभित्र पनि यस्तो धन्दा मौलाएको छ भन्दा धेरैलाई आश्चर्यचकित लाग्ला तर यो तीतो सत्य हो । यस्तो सूचीमा डिआइजीदेखि एसएसपी,एसपी,डिएसपी र  इन्सपेक्टरसम्म पनि छन् । 

तिनलाई अरुले सेक्नै पर्दैन,आफ्नै कर्मचारी काफी छन् । यसवीच तल्लो दर्जाका महिला कर्मचारीले मायाजालमा पारेर हाकिमसङ्ग अनेक फाइदा उठाउने गरेको पाइएको छ । 

शुरुमा होटल,रेष्टुरेण्ट,क्वार्टरको भेट । मोबाइलमा मायाजाल,अनि पैसा र पदको डिमाण्ड । भनेजस्तो नगरे ‘जबरजस्ती’ गर्न खोजेको आरोप । यसक्रममा मन पर्ने ठाउँमा पोस्टिङ्ग,बढुवा,बिहान १० देखि बेलुका ५ बजेसम्मको ड्युटी मिलान त सामान्य माग नै भैगए । एकताका तस्करी मौलाउँदा एक रात्री मुकाम-भोलिपल्ट  खासा,एअरपोर्ट चलान त दस्तुर नै थियो ।
अहिले भने कुरा मिलुन्जेल स्वीकार,नमिल्दा प्रहरी हेडक्वार्टरको कार्य विभागमा उजुरीसहित बलात्कार । 

हजारमा नभई लाखमा माग्नेहरुले पैसा नपाएसम्म मानसिक यातना दिइरहने  गरेको एक जना पीडितले बताए । बद्नाम हुने डरले प्रहरी अधिकृतहरुले पनि रकम कलममा ‘सेटलमेण्ट’ गरेका धेरै उदाहरण छन् । मायाजालको साङ्लोमा फसेका अधिकांशले भने मोटो रकमबाटै आफूलाई बर्दीमा दाग लाग्नबाट जोगाएका छन् । 

"बाहिर छरपष्ट भयो भने करियर नै सकिन्छ भन्ने डर हुन्छ । अनि पैसा दिनुको विकल्प नै हुँदैन’,स्रोत भन्छ,‘पैसा माग्दै मीनेट–मीनेटमा फोन र म्यासेज गर्ने गरिएको अवस्था पनि छ । प्रहरी हेडक्वार्टर भने यस विषयमा औपचारिक रुपमा बेखबर देखिन्छ ।

बालाजुबाट जिल्ला प्रहरी कार्यालय पर्वत पुगेका डिएसपी रविन बिष्ट,प्रहरी वृत्त दरबारमार्गमा त्यो बेलाका डिएसपी रामेश्वर पौडेल,तत्कालीन एसपीहरु नारायण रञ्जितकार र चित्र गुरुङ्गसहित असई दर्शन पौडेललाई सोधनी गरे पनि हनिट्रयापमा फसेकाहरुको हविगत सजिलै थाहा पाउन सकिन्छ । 

हनिट्रयापमा परेका एक प्रहरी अधिकृतले हालै जनआस्थासँग आफ्नो पीडा सुनाउँदै भने,‘हाकिमहरुलाई फसाएर माथि जाने महिला कर्मचारी सीमित छन् । मिडिया र अदालतमा जान्छु भन्दै धम्क्याउँछन् । यति मानसिक तनाव दिन्छन् कि काम पनि गर्न सकिन्न ।’

अधिकारको चरम दुरुपयोगका कारण सबैतिर सिसीटिभी क्यामेरा जडान गरेर काम गर्नुपर्ने अवस्था सिर्जना भएको भन्न थालिएको छ । 

‘महिला अधिकारको व्यापक दुरुपयोग भएको छ । अब त प्रविधिबिना कतै जानै नसक्ने स्थिति बनेको छ । महिलाको गल्ती नहुने,पुरुषको मात्र गल्ती हुन्छ भन्ने सोचिन्छ । तर, कतिपय घटनामा पुरुष पनि पीडित हुन्छन् । यस्तो स्वभाव भएका महिलाका कारण वास्तविक पीडितहरु झन् पीडित बनेका छन्’,स्रोतले भन्यो । 

यता,प्रहरी संगठनभित्र पनि ‘लिभिङ टुगेदर’ को चलन बस्न थालेको छ । पहिले राजीखुशीले सँगै बस्ने,पछि इज्जतको धज्जी उडाइदिने नाममा ‘ब्ल्याकमेलिङ्ग’ गर्ने त्यस्ता महिला कर्मचारीमाथि कारबाही गर्न हेडक्वार्टरले चासो देखाएको पाइन्न । 

निवर्तमान प्रहरी प्रवक्ता नायव महानिरीक्षक दानबहादुर कार्की प्रहरी संगठन मात्र नभई त्यस्ता घटना कतै पनि सह्य नहुने बताउँछन् । कसैले कसैलाई ‘ट्रयाप’ गर्न खोजेको पाइएमा कारबाही हुने उनले जानकारी दिए । 

भन्छन्,‘ कसैले कसैलाई फसाउन खोज्छ भने ऊ कारबाहीको भागीदार हुन्छ । त्यसका लागि कुनै संगठन भनिरहनै पर्दैन ।’ तर,बालाजुबाट जिल्ला प्रहरी कार्यालय पर्वत पुगेका डिएसपी रविन बिष्ट,प्रहरी वृत्त दरबारमार्गमा त्यो बेलाका डिएसपी रामेश्वर पौडेल,तत्कालीन एसपीहरु नारायण रञ्जितकार र चित्र गुरुङ्गसहित असई दर्शन पौडेललाई सोधनी गरे पनि हनिट्रयापमा फसेकाहरुको हविगत सजिलै थाहा पाउन सकिन्छ । पहिले कार्य विभागमा रहिसकेका एक जना इन्सपेक्टर भन्छन्,‘पुरुष कर्मचारीको व्यवहारिक कठिनाईलाई वास्ता नगर्ने सरहरु महिलाको नाम बोकेर आउने जो कोहीको सरुवा तत्काल गरिदिन मरिहत्ये गर्नुहुन्छ । नत्र काठमाण्डौ उपत्यकाभित्रै एउटी सुन्दरी प्रहरीको एक वर्षमा सात ठाउँ कसरी सरुवा हुन्छ ?

टिप्पणीहरू