बालेन र केपी ओली,पुग्लान् त एकै ठाउँमा भोलि ?
काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) साह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच लामो समयदेखि चलिरहेको 'वाकयुद्ध' केही समययता सुस्ताएको देखिन्छ । तर,एमाले नेता-कार्यकर्ता र बालेनका समर्थकहरुले सामाजिक सञ्जाल र सार्वजनिक मन्चबाट एक-अर्कालाई कटाक्ष गर्न भने छोडेका छैनन् ।
वडाध्यक्ष चिनकाजी महर्जनसङ्गै न्युरोडको फुटपाथ विस्तार गर्ने महानगरको योजना एमालेले बिथोलेपछि प्रधानमन्त्रीमाथि खनिन थालेका बालेनले त्यसयता सामाजिक सञ्जालमार्फत एमाले र ओलीविरुद्ध थुप्रै स्टाटस लेखेका छन् । प्रधानमन्त्री ओलीले पनि सार्वजनिक मन्चबाटै चेतावनीपूर्ण जवाफ फर्काइरहेका छन् । बालेनको नाम उल्लेख नगरी उनले अराजकता मच्चाउनेहरुले सरकार र आफूविरुद्ध भ्रम फैलाएको दावी गर्दै आएका छन् ।
गिरिबन्धु प्रकरणमा आफ्ना अध्यक्षविरुद्ध आगो ओकलेका बालेनले पछिल्लो पटक फोहोरको दण्ड तिराएपछि एमालेपंक्ति थप आक्रोशित छ । देशकै कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका प्रधानमन्त्रीले एउटा महानगरका मेयरसँग आफैँ वाद-प्रतिवादमा उत्रिइरहँदा पक्ष-विपक्षमा सामाजिक सञ्जाल गर्माइरहेको छ ।
दुई कार्यकालभन्दा बढी मेयर बन्न नपाइने नियमका कारण काङ्ग्रेसबाट जित्दै आएका चिरिबाबुमाथि ०८४ मा माननीयको चुनाव एमाले कोटाबाट लड्न लागेको चर्चा महानगरमा उत्तिकै ब्याप्त छ ।
बालेन समर्थकहरु चाहिँ प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा हो-हल्ला र हुटिङ गर्नेदेखि सामाजिक सञ्जालमा एमालेविरुद्ध संगठित रुपमा परिचालित भैरहेको देखिन्छ । आरोप-प्रत्यारोपको शृंखला चलिरहँदा भोलि ओली र बालेन यौटै मञ्चमा देखिने भएका छन् । र, त्यस्तो अवसर जुराइदिन लागेका हुन् ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ।
देशकै सबैभन्दा पुरानो नगरपालिकामध्ये एक ललितपुर महानगरको १०६ औँ स्थापना दिवस भोलि विशेष कार्यक्रमका साथ मनाइँदै छ । भोलि बिहान ८:३० बजेको लागि निर्धारित कार्यक्रममा प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथिको निम्तो दिइएको छ भने छिमेकी महानगरको मेयरका हैसियतमा बालेन पनि निम्त्याइएका छन् ।
तर,कार्यक्रममा बालेनका समर्थकहरुले उनको पक्ष र प्रधानमन्त्रीविरुद्ध हुटिङ गर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले ठूलो संख्यामा नगर प्रहरी खटाउन लागेको छ । नगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा दुई सयभन्दा बढी प्रहरी आजैदेखि परिचालन गरिएको बताइएको छ । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरुको पहिचान गर्ने र उनीहरुलाई कार्यक्रमस्थलमा प्रवेश गर्न नदिने रणनीतिअनुसार यसरी खटाईएको बुझिएको छ ।
प्रधानमन्त्री ओलीविरुद्ध यसअघि टुँडिखेल,दशरथ रंगशाला र दरबारमार्गमा चर्को नाराबाजी भएको थियो । त्यसरी नारा लगाउनेमा अधिकांश रवि लामिछाने र बालेनका मान्छे भएको सरकारी पक्षको दावी रहँदै आएको छ । महानगर प्रहरीलाई सिभिल ड्रेसमा आफ्नो जयजयकार हुनेगरी नाराबाजीमा खटाउने गरेको बालेनमाथि आरोप छ ।
दुई कार्यकालभन्दा बढी मेयर बन्न नपाइने नियमका कारण काङ्ग्रेसबाट जित्दै आएका चिरिबाबुमाथि ०८४ मा माननीयको चुनाव एमाले कोटाबाट लड्न लागेको चर्चा महानगरमा उत्तिकै ब्याप्त छ ।
टिप्पणीहरू