प्रधानमन्त्रीको भारत भ्रमणबारे महेश बस्नेतको ठोकुवा

प्रधानमन्त्रीको भारत भ्रमणबारे महेश बस्नेतको ठोकुवा

नेकपा (एमाले) का नेता महेश बस्नेतले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जान लागेको ठोकुवा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओली आगामी पुष २५ गते भारत भ्रमणमा जाने दाबी गरेका हुन् । 

उनले लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यू आगामी पौष २५ गतेदेखि चार दिने भारत भ्रमणमा जाने तय भएको छ ।’

यसअघि चीन भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री ओलीले पनि भारत भ्रमणको तयारी भइरहेको बताउनुभएको थियो । उहाँले एक कार्यक्रममा भन्नुभएको थियो, ‘मान्छेहरुले पत्याएका छैनन्, तर म भारत पनि जान्छु, तयारी सुरू भइसक्यो ।’

टिप्पणीहरू