प्रधानमन्त्रीको भारत भ्रमणको चर्चासँगै परराष्ट्रमन्त्री नयाँ दिल्लीमा

प्रधानमन्त्रीको भारत भ्रमणको चर्चासँगै परराष्ट्रमन्त्री नयाँ दिल्लीमा

प्रधानमन्त्री केपी शर्मा ओली पुसभित्रै भारत भ्रमणमा जान लागेको चर्चा चलिरहँदा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जर्मनीबाट सोझै नयाँ दिल्ली पुग्नुभएको छ ।

यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी सम्मेलनलगायत विभिन्न कार्यक्रममा भाग लिन अघिल्लो साता नेदरल्याण्ड्स, जर्मनी, लक्जेम्बर्ग जानुभएकी मन्त्री राणा उतैबाट नयाँ दिल्ली पुग्नुभएको हो । 

उहाँ भोलि त्यहाँ आयोजना हुन लागेको इन्डो–नेपाल इकोनोमिक कन्फरेन्स सहभागी हुनुहुने छ । दिल्लीमा रहँदा राणाले भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग पनि भेट्ने सम्भावना रहेको बताइएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणको चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री दिल्ली पुगेको अनुमान गरिएको छ । प्रधानमन्त्री ओलीलाई भारतीय संस्थापन पक्षले ‘महत्व नदिएको’ भनिएका बेला उहाँको दिल्ली दौडलाई चासोका साथ हेरिएको छ ।
 

टिप्पणीहरू