विदेशी खेलाडी नेपालमा खेल्न आउँदा झण्झट धेरै
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता जनकपुर बोल्ट्सलाई सम्मान गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले टिमका क्याप्टेन, खेलाडी र नेपाल क्रिकेट संघ एवम् खेलका व्यवस्थापकहरुलाई बधाइ पनि व्यक्त गर्नुभएको छ ।
जनकपुर बोल्ट्स हिजो भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै एनपीएलको पहिलो संस्करणमा उपाधि विजेता बनेको हो ।
क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दको तर्फबाट विदेशी खेलाडीले नेपालमा खेल्न आउँदा भोग्नुपरेको विभिन्न झण्झटबारे प्रधानमन्त्रीलाई अवगत गराइएको छ । श्रम स्वीकृतिमा झञ्झटिलो प्रक्रिया रहेकाले उनीहरुको पारिश्रमिक भुक्तानीमा समस्या परेको हो ।
टिप्पणीहरू