पूर्वका लक्ष्मण पश्चिमको झोलुङ्गे पुलबाट हामफाले

पूर्वका लक्ष्मण पश्चिमको झोलुङ्गे पुलबाट हामफाले

रुकुम पश्चिमको झोलुङ्गे पुलबाट हामफालेका एकजनाको घटनास्थलमै ज्यान गएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका–७ नाथिगार घर भई हाल मुसिकोट खलङ्गा बस्दै आएका २७ वर्षीय लक्ष्मण नेपाली स्थानीय मठबाट सल्ले जोड्ने झोलुङ्गे पुलबाट हाम्फालेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार उनको शव पुलमुनि फेला परेको हो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पठाइएको र घटनाको थप अनुसन्धान थालिएको छ ।

टिप्पणीहरू