दशकअघि दिवङ्गत नेतालाई आज बिहानै ‘ह्याप्पी बर्थडे’ ?
एमाले स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इञ्चार्ज राजन भट्टराईले एक दशकअघि दिवङ्गत आफ्नै पार्टीका नेतालाई सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिएका छन् । पूर्व विद्यार्थी नेता हुँदै पटकपटक माननीय भएका रामनाथ ढकालको निधन सन् २०१५ अप्रिल ६ मा भएको थियो ।
हाल पारिवारिक भ्रमणमा अष्ट्रेलिया रहेका भट्टराईले सोच विचार नपुर्याई ढकाललाई जन्म दिनको शुभकामना दिएपछि सामाजिक सञ्चालमा चर्को आलोचना भैरहेको छ । हतपतको काम लतपत भनेझैँ केन्द्रीय तहको नेता को जिउँदो, को बिते भन्नेसम्मको हेक्का नराखेको भन्दै भट्टराईलाई ध्यानाकर्षण गराउनेको संख्या बढ्दो छ ।
"यति संवेदनशील विषयको ख्याल गर्नु पर्दैन हजुर ?"
यसक्रममा मुरारी अर्याल भट्टराईलाई जवाफ दिँदै लेख्छन्, ‘उहाँ फेरि पुनर्जीवित भएको हो र ? बिहानसम्म नछाड्ने गरी त्यति धेरै दारु नखाएको भए हुने नि कमरेड ? त्यस्तै नन्दराज थपलियाको शालिन भाषामा सुझाएका छन् । ‘डा.साब कसलाई जन्मदिनको शुभकामना दिँदै हुनुहुन्छ ? यति संवेदनशील विषयको ख्याल गर्नु पर्दैन हजुर !’
टिप्पणीहरू