पशुपति मन्दिरका कामदार तलव माग्दै सडकमा
पशुपतिनाथ मन्दिरमा सरसफाईको काम गर्ने श्रमिकहरु आज पनि आन्दोलनमा उत्रिएका छन् । आफूहरुलाई जबर्जस्ती कामबाट हटाएको भन्दै करारका कामदारले पशुपति क्षेत्र विकास कोषको कार्यालय अगाडि धर्ना दिएका हुन् ।
एकीकृत ट्रेड युनियन महासंघका अध्यक्ष रवि केसीको नेतृत्वमा झण्डै तीन दर्जन कर्मचारी बिहानैदेखि धर्नामा छन् । विगत पाँच वर्षदेखि पशुपति मन्दिरमा सरसफाई गर्दै आएकोमा गत पुस १ गतेदेखि कोषले करार अवधि समाप्त भएको भन्दै कामबाट निकालेको उनीहरुको गुनासो छ ।
कतिपय कर्मचारीले आफूले काम गरेबापत पाउनुपर्ने तलबसमेत नपाएको बताएका छन् ।
टिप्पणीहरू