गुरुङ समुदाय तमु ल्होसार पर्वमा रमाउँदै
गुरुङ समुदायले आज नयाँ वर्षको रुपमा तमु ल्होसार पर्व मनाउँदै छन् । यो पर्व गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा धुमधामका साथ मनाइन्छ ।
सरकारले आज सार्वजनिक बिदा दिएको छ । राजधानीको टुँडिखेलमा तमु ल्होसारको अवसरमा विशेष कार्यक्रम आयोजना गरिँदै छ । यो पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले शुभकामना दिनुभएको छ ।
आजै हिन्दु धर्मावलम्बीहरुले तीर्थ एवम् गया श्राद्ध गर्दै छन् । आजको औंसी सूर्य दक्षिणायनको अन्तिम औंसी हो ।
टिप्पणीहरू