गुरुङ समुदायद्वारा मौलिक पहिचानको आह्वान (फोटोफिचर)
तमु ल्होसारको अवसरमा राजधानीमा र्याली निकालिएको छ । तमु ल्होसार मूल आयोजक समिति काठमाडौंको आयोजनामा वसन्तपुरबाट निकालिएको र्याली न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क, पूरानो बसपार्क, भद्रकाली, शहीदगेट, सुन्धारा हुँदै टुँडिखेल पुगेको छ ।
‘तमु थातथलोको संरक्षण र सम्वद्र्धनका लागि मौलिक पहिचानको आह्वान, सरकारी कामकाजी भाषा तमु भाषा घोषणाका लागि तमुवानको आन्दोलन’ लेखिएका ब्यानरसहित र्यालीमा सहभागीहरुले मौलिक गुरुङ पोशाक लगाउँदै झाँकी प्रस्तुत गरेका थिए ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको हो । गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्य रुपमा तमु ल्होसार मनाउने गर्छन् । यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । भोलिदेखि दिन लामो र घाम पारिलो हुने भएकाले पुस १५ मा तमु ल्होसार मनाउने गरिएको मान्यता छ ।
गुरुङ समुदायको वाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा यो पर्व मनाइन्छ । अब क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप पुग्ने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने विश्वास छ ।
तस्बिरहरु
टिप्पणीहरू