संशोधनको प्रक्रियामा श्रम ऐन

संशोधनको प्रक्रियामा श्रम ऐन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ संशोधन गर्न लागेको छ । मन्त्रालयअन्तर्गत श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखको संयोजकत्वमा ऐन संशोधनका निम्ति प्रक्रिया अघि बढाइएको छ । 

मन्त्रालयले सरोकारवालासँग आवश्यक रायसुझाव पनि मागेको छ । मस्यौदा तयार पार्दा संशोधन गर्नुपर्ने दफा, उपदफा, खण्ड र कारणसहित सुझाव दिन आग्रह गरिएको छ । 

‘विद्यमान श्रम ऐन, २०७४ मा संशोधनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरको निर्णयानुसार संशोधन मस्यौदा तयार गर्न श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखको संयोजकत्वमा रोजगारदाता र श्रमिक संगठनको प्रतिनिधि समेत रहेको कार्यदल गठन भई काम भइरहेको हुँदा श्रम ऐन, २०७४ मा संशोधनका लागि सुझाव पेश गर्नहुनु जानकारी गराइन्छ,’ जारी सूचनामा उल्लेख छ ।

टिप्पणीहरू