कुुबेर र रविन्द्र एआईजीमा सिफारिस

कुुबेर र रविन्द्र एआईजीमा सिफारिस
सुन्नुहोस्

नेपाल प्रहरीमा रिक्त दुई एआईजीमा बढुवाका लागि डीआईजीहरु कुबेर कडायत र रवीन्द्र केसी सिफारिसमा परेका छन् । गृह मन्त्रालयमा हिजो बसेको बढुवा सिफारिस समितिले राति उक्त नाम सिफारिस गरेको हो ।

कडायत प्रहरी महानिरीक्षकको सचिवालय, नक्सालमा र केसी हेडक्वार्टरको अन्वेषण, योजना तथा विकास निर्देशनालयमा कार्यरत छन् । कडायत यसअघि लुम्बिनी प्रदेश प्रहरी प्रमुख थिए ।

उनीहरु दुबैजना वर्तमान व्यवस्थाअनुसार आगामी चैत पहिलो साता अवकाश हुनेछन् ।

टिप्पणीहरू