भूपूमन्त्री पनि लक्ष्मी राईको फन्दामा

भूपूमन्त्री पनि लक्ष्मी राईको फन्दामा
सुन्नुहोस्

लक्ष्मी राईको मायाजालमा पर्नेमा भूपूमन्त्रीसमेत रहेको पाइएको छ । एक विदेशी नागरिकबाट सन्तान पनि छ । झापाका हरिबहादुर धमलासँग काठमाडौं जिल्ला अदालतमा विवाह गरेकी थिइन् । केही समयमै डिभोर्स दिइन् । त्यसपछि दीपेशसँग विवाह गरिन् । 

बराह ज्वेलर्सका बिक थरका कालिगढसँग पनि वैवाहिक सम्बन्ध गाँसेकी थिइन् । एक जना भूपूमन्त्रीसँग पनि चक्कर चलेको थियो । भूपूमन्त्रीले पैसा दिएर उनको मुखमा बुझो लगाएका थिए । पछिल्लोपटक उनले रमेश सिलवालसँग विवाह गरेकी छिन् । नेपलिज ज्वेलरी एशोसिएशनका अध्यक्ष योगेश राईले लक्ष्मी र रमेशलाई बहिनीज्वाईं भनेर स्वागत गरेको तस्बिर सामाजिक सञ्जालमा देख्न सकिन्छ । यता, काठमाडौं जिल्ला अदालतले रमेशविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

प्रधानमन्त्री, मन्त्री, मेयर, कलाकार, वरिष्ठ पत्रकारलगायतसँग खिचाएको तस्बिर देखाएर उनले राम्रै परिचय प्रस्तुत गरिरहेकी छिन् । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनीको विवाहमा पनि पुगेकी थिइन् । पूर्वपर्यटनमन्त्री सुदन किराँती, वरिष्ठ पत्रकार ऋषि धमला, चर्चित हास्य कलाकार केदार घिमिरे, धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङलगायतको साथमा उनको तस्बिर देख्न सकिन्छ । 

हाल कारागारमा रहेका पूर्वमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेसँग बढी नै हिमचिम थियो । प्रतिष्ठित व्यवसायीहरूसँग पनि उनको राम्रो चिनजान छ । 

कतै जायजेथा नभएकी अम्बिका राजकोटी भन्ने महिलाको नामबाट करोडौंको कारोबार गरेको बैंक स्टेटमेन्टहरू छ । नेपाल र बेलायतपछि दुबईतिर उनको ध्यान केन्द्रीत हुन थालेको देखिन्छ । 
 

टिप्पणीहरू