लेनदेनमा गड्बडी गरेको आरोपमा एमाले नेता पक्राउ
सत्तारुढ नेकपा (एमाले)का केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । आर्थिक लेनदेनको कसुरमा उनलाई नियन्त्रणमा लिएकोे प्रहरीले जनाएको छ ।
काठमाडौँ प्रहरी परिसरका अनुसार मल्लमाथि २० लाख ५० हजारको चेक बाउन्सको आरोप छ । अहिले उजुरीकर्तालाई सँगै राखेर मिलापत्रको प्रयास भइरहेको जनाइएको छ । आरोपित मल्ल अनेरास्ववियुका इञ्चार्जसमेत हुन् ।
टिप्पणीहरू