तीन रातको हिरासतपछि रवि लामिछाने अदालतमा
पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेकको बहसका निम्ति उनलाई जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतबाट भर्खरै त्यहाँ पुर्याइएको छ ।
अस्ति स्थगित थुनछेक बहस आज शुरु हुँदैछ । हिजो सार्वजनिक बिदा भएकाले आज बहस हुन लागेको हो । उनी आइतबारदेखि न्यायिक हिरासतमा छन् ।
टिप्पणीहरू