अमेरिकालाई तात्तातै चीनको जवाफ

अमेरिकालाई तात्तातै चीनको जवाफ

चिनियाँ राष्ट्रपति सि चिनफिङ भियतनाम, मलेसिया र कम्बोडिया जान लाग्नुभएको छ । उहाँले आगामी सोमबारदेखि शुक्रबारसम्म ती मुलुकको राजकीय भ्रमण गर्न लाग्नुभएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवसमेत रहनुभएका सिले आगामी सोमबार र मंगलबार भियतनाम,त्यसपछि मलेसिया र कम्बोडिया भ्रमण गर्ने तालिका छ । 

यसैबीच चीनले अमेरिकाले एकतर्फी रुपमा आफ्ना सामान आयातमा लगाएको १२५ प्रतिशत भन्सारको जवाफ दिएको छ । उसले पनि अमेरिकी सामानमा १२५ प्रतिशत भन्सार लाग्ने घोषणा गरेको छ । राज्य परिषदको भन्सार कर आयोगले भोलिदेखि अमेरिकी सामानमा बढाइएको भन्सार कर लागु हुने जनाएको छ ।

सअघि पटक पटक गरेर चिनियाँ सामान आयातमा बढाएको भन्सार कर एकतर्फी घोषणा भएको,विश्व व्यापार संगठन र खुला बजार अर्थतन्त्रको सिध्दान्तविपरित जाँदै चिनियाँ आग्रहलाई निरन्तर बेवास्ता गरेको भन्दै अमेरिकामाथि पनि चीनले उक्त निर्णय गरेको हो । चीनले अझै पनि आफ्नो गलत निर्णय सच्याउन अमेरिकालाई आग्रह गरेको छ ।

टिप्पणीहरू