थाक्रेका जनप्रतिनिधि, शिक्षक, कर्मचारीले छोरीछोरी सरकारी विद्यालयमा पढाउनैपर्ने

थाक्रेका जनप्रतिनिधि, शिक्षक, कर्मचारीले छोरीछोरी सरकारी विद्यालयमा पढाउनैपर्ने

धादिङको थाक्रे गाउँपालिकाले जनप्रतिनिधि र शिक्षक, कर्मचारीलाई आफ्ना सन्तति सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको छ । पालिकाको अस्ति बसेको कार्यपालिका बैठकले जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । 

सोहीबमोजिम गाउँपालिकाले सबैलाई परिपत्र गर्दै आफ्ना सन्ततिलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउन भनेको छ । परिपत्रमा बैठकको निर्णयानुसार गाउँपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आफ्नो सन्ततिहरुलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गरी पढाउनैपर्ने निर्णय भएको उल्लेख छ ।

टिप्पणीहरू