भूतपूर्व आइजिपी दुर्लभ थापाको निधन, गौशालामा श्रद्धाञ्जलीको तयारी
नेपाल प्रहरीका भूतपूर्व आइजिपी दुर्लभकुमार थापाको निधन भएको छ । दिवंगत थापालाई प्रहरी वृत्त गौशालामा श्रद्धाञ्जली दिएपछि आर्यघाटसम्म शवयात्रा गरिँदै छ । बिहान १० बजे श्रद्धाञ्जली दिएपछि शवयात्रा हुने बताइएको छ ।
श्रद्धाञ्जलीका लागि पौने १० बजेदेखि प्रहरी अधिकृतहरु गौशाला पुग्ने कार्यक्रम छ । महानिरीक्षक दीपक थापा,एआइजीहरु, डिआइजीहरु, एसएसपीहरु त्यहाँ पुग्दैछन् ।
श्रद्धाञ्जली समारोहमा उपस्थित हुन चाहने अन्य प्रहरी अधिकृत तथा कर्मचारीलाई कार्यालय पोशाकमा उपस्थित हुन भनिएको छ ।
टिप्पणीहरू