भारतीय जम्मू कश्मिरमा सेनाको जवाफी हमलामा मारिए दुई आतंककारी
भारत प्रशासित जम्मू कश्मिरमा बन्दुकधारीहरूले हिजो पर्यटकहरूमाथि गोली चलाउँदा कम्तीमा २६ जना मारिएका छन् । स्थानीय पर्यटकीय स्थल पहलगाममा भएको आक्रमणलाई भारत सरकारले आतंकवादी हमला भनेको छ ।
भारतीय सेनाले आज गरेको जवाफी कारबाहीमा कम्तीमा दुई जना आतंककारी मारिएको बताइएको छ । हिजोको हमलाको जिम्मेवारी भारतले आतंककारी संगठन लस्कर ए ताइवामाथि लगाएको छ ।
आतंककारी हमलाको अमेरिकी, रुसी राष्ट्रपतिलगायत विश्वका धेरै देशका नेताले खेद व्यक्त गरेका छन् । हिजोको घटनामा एक नेपाली नागरिक पनि परेको बताइएको छ । तर, त्यसको आधिकारिकता पुष्टि भइसकेको छैन ।
साउदी अरबको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमण छोट्याएर स्वदेश फर्केका छन् । गृहमन्त्री अमित शाह हिजै साँझ कश्मिरको श्रीनगर पुगेका छन् ।
भारतले जम्मू कश्मिर क्षेत्रमा पाँच लाख सैनिकलाई स्थायी रूपमा परिचालन गरेको बताइन्छ । यसअघि गत जुन महिनामा हिन्दू धर्मावलम्बीहरु सवार बसमा सशस्त्र समूहले गोली चलाउँदा नौ जनाको ज्यान गएको थियो ।
टिप्पणीहरू