स्पेनका लागि राजदूतलाई थप मुलुकको जिम्मेवारी
राष्ट्रपति रामचन्द्र पौडेलले स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललाई थप जिम्मेवारी तोक्नुभएको छ । उहाँले नेपाललाई माल्टा र इजरायलका लागि पनि गैरआवासी नेपाली राजदूतमा नियुक्त गर्नुभएको जनाइएको छ ।
संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपाललाई माल्टा र इजरायलका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
टिप्पणीहरू