मोटरसाइकलमा पछ्यौरी अल्झेर महिला घाइते

हिजो राति साढे ९ बजेतिरको घटना हो । चितवनको भरतपुर–५, नारायणपुर चोकमा कुदिरहेको एउटा मोटरसाइकलमा पैदलयात्री महिलाको पछेउरी अचानक अल्झिन पुग्यो । स्थानीय ६३ वर्षीय बसन्त गिरी सवार ना४३प ८४२२ नम्बरको मोटरसाइकलमा सोही स्थानकी ६० वर्षीया भगवती खनालको पछेउरी अड्किन पुगेको थियो ।
मोटरसाईकलमा पछेउरी अड्केपछि लडेर घाइते भएकी वृद्धालाई उपचारको लागि चितवन मेडिकल कलेज लगिएको प्रहरीले बताएको छ । घाइतेको अवस्था मध्यम रहेको र अस्पतालमा उनको उपचारको क्रममा छोरा सुदिप खनाल र मोटरसाईकल चालककी श्रीमती सिता गिरीबाट हेरचाह भइरहेको प्रहरी कर्मचारीले बताए । सम्पर्कमै रहेका चालकको सवारी साधन निजकै घरमा रहेपनि कागजपत्र प्रहरीको नियन्त्रणमा रहेको बताइन्छ ।
उक्त दुर्घटनामा परी भगवतीको खुट्टा (साप्रा) भाँचिएको छोरा सुदिपले जानकारी गराए । अघि बिहान साढे नौ बजेतिर सम्पर्क राख्दा सुदीपले आमाको अप्रेसन गर्नुपर्ने भएको तर उनलाई आवश्यक बी पोजिटिभ रगत चितवन मेडिकल कलेज र भरतपुर अस्पताल कहीँपनि पाउन नसकेर कठिनाइ भइरहेको समस्या सुनाए ।
टिप्पणीहरू