चीनका लागि भारतीय राजदूत काठमाडौँमा
चीनका लागि भारतका राजदूत प्रदीपकुमार रावत काठमाडौँ आएका छन् । उनी आज बिहान छेन्दु हुँदै काठमाडौँ ओर्लिएका हुन् ।
सिचुआन एयरलाइन्सको 3U-3901 उडानद्वारा राजदूत रावत बिहान ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताइएको छ । भारतीय सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख डा.विजय चौथाईवाले नेपाल भ्रमणमा रहेका बेला उनको काठमाडौँ आगमनलाई अर्थपूर्ण मानिएको छ ।
रावत बेइजिङ मामिलाका जानकार भारतीय कूटनीतिज्ञका रुपमा परिचित छन् । २०७८ सालमा चीनको राजदूत नियुक्त भएका उनी त्यसअघि नेदरल्याण्डका लागि भारतका राजदूत थिए ।
टिप्पणीहरू