तेस्रो पति कहिले ?

तेस्रो पति कहिले ?

कलाकार अरुणिमा लम्सालको दोस्रो बिहे पनि सम्बन्ध विच्छेदमा गएर टुंगियो । यसलाई टुंगियो नै त भन्न मिलेन । किनभने सम्बन्ध विच्छेदको फैसला आउन बाँकी नै छ । तर उनलाई अब तेस्रो बिहे कहिले त भन्ने प्रश्नले घेर्न थालिसकेको छ । तर उत्तर छ— अहिले नै सोचिहालेको छैन । 

अर्थात् तेस्रो विवाहबारे सोचिएको छैन । तर दोस्रो विवाह भने अत्यन्त सोचविचार गरेरै टुंग्याइएको रहेछ । उनले दोस्रो पतिमाथि आरोप लगाएकी छन् कि आफूसँग जे छ भनेर बताइएको थियो वास्तवमा त्यस्तो केही पनि उनीसँग रहेनछ । दोस्रो पतिले बताएका थिए कि उनी पार्टीका ठूलै नेता हुन्, हातमा पैसा प्रशस्तै छ, घर छ, बंगला छ, गाडी छ । अरु पनि थुप्रै छ ।

तर अहिले आएर थाहा भयो, दोस्रो पतिसँग त यी केही पनि रैनछ । उनी पार्टीका ठूला नेता होइन, उनको ठूलो बिजनेस पनि छैन, घर छैन, बंगला पनि छैन । काठमाडौं घुम्न आएका बेला अरुणिमाले दोस्रो पतिलाई भेटेकी थिइन् ।

भेटेको दुई दिनमै ‘प्रेम’ बस्यो । कसरी बस्यो ? प्रेम दोस्रो पतिप्रति बसेको थिएन । प्रेम त घर, बंगला, बैंक ब्यालेन्स, राजनीतिक पद र प्रभावमा बसेको रहेछ । अब दोस्रो पतिसँग यी केही पनि नभएपछि प्रेम कोसँग गर्ने ? व्यक्ति दोस्रो पति त ज्यूँकात्यूँ नै छ । तर भएर के गर्नु ? प्रेम गरेको त उसलाई होइन । अनि सम्बन्धविच्छेद नगरी भो ? ठीकै छ । तेस्रो पतिचाहिँ यस्तो नपरेस् है ! 

 

टिप्पणीहरू