आयोगका सदस्यलाई सँगै राखेर राजदूतसँग गृहमन्त्रीको भेट

आयोगका सदस्यलाई सँगै राखेर राजदूतसँग गृहमन्त्रीको भेट

गृहमन्त्री रमेश लेखक र अस्ट्रेलियन राजदूत लिन जन्स्टनबीच आज भेटवार्ता भएको छ ।    

ललितपुर महानगरपालिका-१० कुपोन्डोलस्थित होटल हिमालयनमा दिउँसो साढे १२ बजे उनीहरुले भेट गरेका हुन् । गृहमन्त्री र राजदूतको भेटमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सूर्य ढुङ्गेल पनि सामेल रहेको बताइएको छ । 

भेटवार्ताबारे थप औपचारिक जानकारी गराइएको छैन ।
 

टिप्पणीहरू