‘गणतन्त्रको धमिरा ऊर्जामन्त्री’ हरु
फाइल फोटो
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन पछिल्लो समय सरकारप्रति आक्रमक देखिन थालेका छन् । गत साता देश विकासको लागि ‘केही स्टन्ट (मूर्खताहरु) गर्नैपर्ने’ भन्दै सत्तारुढ दल नेकपा (एमाले)लाई कटाक्ष गरेका उनले ऊर्जामन्त्री दीपक खड्काजस्ता नेताहरुको कारण गणतन्त्र खतरामा पर्नसक्ने टिप्पणी गरेका हुन् ।
पछिल्लो समय राजावादीहरुले व्यवस्थाविरोधी गतिविधि गरिरहेको पृष्ठभूमिमा पुनले गणतन्त्र कमजोर बन्नुको कारण पनि खुलाए । ‘गणतन्त्रलाई बदनाम गरेको भ्रष्टाचारले हो, भ्रष्टाचारको बिउ रोपेको नेताहरुले हो’, उनले भनेका छन्, ‘नेताहरुलाई बिगार्ने धनको लोभी, पापी, फटाहहरु हुन्, त्यसैले गणतन्त्रको धमिरा गणतन्त्रवादी नेताहरु नै हुन् ।’
यदि गणतन्त्र मासिएमा त्यसको दोष अहिलेका नेताहरुले लिनुपर्ने पुनको तर्क छ । ‘यदि यो कुरा सही होइन भन्ने आँट कोही गणतन्त्रवादीसँग छ भने जुहारी खेल्न आउनुस्, उदाहरण–हालका ऊर्जामन्त्री’, उनले थपेका छन् ।
टिप्पणीहरू