कोरियामा मौसमी कामदार पठाउने निर्णय भएको छैन : श्रम मन्त्रालय
नेपाल सरकारले दक्षिण कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ । मौसमी कामदार पठाउन दक्षिण कोरिया सरकारसँग सम्झौता नभएको जनाउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको दाबी छ ।
सामाजिक सञ्जालमा भाइरल भएका सूचनामा कुनै सत्यता नरहेको उल्लेख गर्दै मन्त्रालयले सो कार्यमा संलग्नमाथि कारबाही गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ । मन्त्रालयको लेटर हेड र छापको दुरुपयोग गरी यस मन्त्रालयको महाशाखा प्रमुखको नामको किर्ते हस्ताक्षरसहितको विज्ञप्ति प्रकाशन गरी भ्रम फैलाएइएकोमा सम्बन्धित व्यक्ति, समूहमाथि कारबाही गर्न अनुरोध गरिएको छ ।
टिप्पणीहरू