१७५ विदेशी पाहुनाको भेला अर्को साता
सरकारले पहिलो पटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’मा १७५ जना विदेशी पाहुना सहभागी हुने पक्का भएको छ । परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद व्यवस्थापन समितिकी संयोजक डा. आरजु राणले विदेशी पाहुना र कार्यक्रमको तयारीबारे जानकारी दिनुभएको छ ।
आगामी जेठ २, ३, ४ गते राजधानीमा हुने कार्यक्रममा नेपालसहित १२ देशका चार सय हारहारीको सहभागिता हुने छ । सो अवधिकमा ६ थिममा १२ वटा छलफल सत्र सञ्चालन गरिँदै छ ।
कार्यक्रममा मित्रराष्ट्र चीनबाट नेशनल पिपुल्स कांग्रेसका उपाध्यक्ष सिआयो जी, भुटानका ऊर्जामन्त्ती जेम छिरिङ, माल्दिभ्सका पर्यटनमन्त्री थोरिक इब्राहिम, जापानका उपविदेशमन्त्री इकुइना अकिकोसहित विभिन्न देशका विभागीयमन्त्री र विज्ञहरुको सहभागिता हुने बताइएको छ । त्यस्तै प्रधानमन्त्री, मन्त्री, सांसद र विज्ञहरुसँग विदेशी पाहुनाको साइडलाइन वार्ताको प्रबन्ध मिलाइएको छ ।
टिप्पणीहरू