कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द
हेटौंडालाई काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द हुने भएको छ । सडक कालोपत्रे गर्न आउँदो जेठ २ गतेदेखि बन्द गर्न लागिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार जेठ २ गतेदेखि २० गतेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रुपमा बन्द गरिनेछ । इन्द्रसरोबर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडकखण्ड कालोपत्र गर्न लागिएको हो ।
सो अवधिमा उक्त मार्ग हुँदै हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नुपर्ने सवारी साधनलाई अन्य वैकल्पिक मार्ग अथवा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडकको प्रयोग गर्न सुझाइएको छ ।
टिप्पणीहरू