उच्च हिमाली क्षेत्रमा टेलिकमको फोर–जी

उच्च हिमाली क्षेत्रमा टेलिकमको फोर–जी

मुलुकको प्रसिद्ध एवम् सुन्दर पदयात्रा गन्तव्यको रुपमा परिचित रसुवाको लाङटाङ–क्यान्जिन पदमार्ग क्षेत्रका बासिन्दा र पर्यटकलाई लक्षित गर्दै नेपाल टेलिकमले फोर–जी मोबाइल सेवा सञ्चालन गरेको छ । 

काठमाडौंबाट सबैभन्दा नजिकको हिमाली पदमार्गको रुपमा चिनिने यस क्षेत्रमा पर्यटकलाई पदयात्राका दौरान सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव साटासाट गर्न सहयोग पुग्ने उद्देश्यका टेलिकमले फोर–जी सेवा सञ्चालन गरेको हो । 

समुद्री सतहबाट करिब ३८ सय मीटरको उचाईमा अवस्थित क्यान्जित उपत्यकामा नयाँ बिटिएस जडान गरेर सो क्षेत्रमा फोर–जी सेवा सञ्चालनमा ल्याएको टेलिकमको भनाइ छ । गोसाईंकुण्ठ गाउँपालिका–४, मा पर्ने स्याफ्रुबेशीबाट लगभग दुई दिनको पैदलयात्रामा पुगिने मनमोहन पर्यटकीयस्थल क्यान्जिल उपत्यका स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो । 

लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने यस उपत्यकामा टेलिकमको फोर–जी सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, पर्यटक, व्यवसायीहरु लाभान्वित हुने विश्वास गरिएको छ ।

टिप्पणीहरू