होटलले चलायो निःशुल्क कपडा घर

होटलले चलायो निःशुल्क कपडा घर

चितवनको भरतपुर–१०, हाकिमचोकस्थित चितवन मिडटाउन होटल अगाडि निःशुल्क कपडा घर सञ्चालनमा ल्याइएको छ । होटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्ने क्रममा विशेषगरी गरीब, विपन्न वर्गका मानिसलाई लक्षित गर्दै निःशुल्क कपडा घर सञ्चालनमा ल्याएको जनाएको छ । 

होटलका प्रबन्ध निर्देशक मदन घिमिरेका अनुसार    ‘साथ दिनुहोस्, माया बाँड्नुहोस्’ भन्ने उद्देश्यका साथ बुद्ध जयन्तीको अवसर पारेर निःशुल्क कपडा घर शुभारम्भ गरिएको बताए । गाँस, बास र कपास मान्छेको आधारभूत आवश्यकता हो । प्रयोग गर्ने अवस्थामा रहेको तर प्रयोगविहीन कपडाहरुको उचित व्यवस्थापन गर्दै आवश्यक पर्नेलाई निःशुल्क उपलब्ध गराउन यसले महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ । 

कपडा घरमा पुराना वा प्रयोग नभएका कपडाहरु आकर्षक सजावटका साथ सफा सुग्घर रुपमा राखेर वितरण गरिने बताइएको छ । वस्त्रको जरुरत भएका केही लक्षित वर्गकालाई कपडा हस्तान्तरण गरेरै यसको शुभारम्भ गरिएको थियो । यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लगिने सञ्चालकले बताएका छन् । सक्ने र इच्छुकले यसमा उपयोगी कपडाहरु जम्मा गरेर सहयोग गरिदिन पनि सेवाभाव भएकाहरुलाई होटलले आग्रह गरेको छ । 

टिप्पणीहरू