हिजो र अस्तिको हावाहुरीले चितवनको कालिकामा वितण्डा
हिजो दिउँसो ३–४ बजेतिर हावाहुरी चल्दा चितवनको कालिका नगरपालिका–२ स्थित अमृतटोलमा सुनकुमारी तामाङको इट्टाले बनेको एकतले कच्ची घरको २० वटा जस्तापाता, काठ र लत्ताकपडासमेत उडाएको बुझिन्छ । हिजोकै हुरीले कालिकाको जनविकास टोलमा रहेको ब्लकको घरमा समेत क्षति पु¥याएको विवरण छ । लगभग बेलुकीको आठ बजेतिर उक्त ब्लकको घरको टिनको छानोमा रुख ढली दुईवटा कोठामा क्षति भएको जानकारी त्यहाँको प्रहरीले दिएको छ ।
अस्तिसमेत हावाहुरी चल्दा कालिका नगरपालिकामा विभिन्न ठाउँमा क्षति पुगेको विवरण छ । बुधबार दिउँसो साढे तीन बजेतिर हावाहुरी चल्दा कालिका नपा–३, वनकट्टास्थित श्री आधारभूत विद्यालयको दुईकोठे भवनको टिनको छानो उडाएको र केही थान कम्प्युटर, प्रिन्टर लगायत खेलकुद तथा शैक्षिक सामग्रीहरु र ओछ्याउने कार्पेट क्षतिग्रस्त भएको जनाइएको छ । हावाहुरीसँगै पानी र असिनासमेत पर्दा उक्त क्षति भएको विद्यालयका प्रधानाध्यापक भक्तबहादुर तामाङ बताउँछन् ।
अस्तिकै हुरी र पानीले कालिका–२ मा नारायण रेग्मीको घरको दुईवटा कोठाको टिनको छानो उडाउँदा टिभी, फ्रिज, पंखा, लत्ताकपडा लगायतमा क्षति पुगेको जानकारी दिइएको छ । सोही ठाउँमा रामबहादुर भण्डारीको घरको छानो उडाउँदा खाद्यान्न र लत्ताकपडामा क्षति पुगेको जनाइएको छ । उक्त हुरीले कालिका–२ को कमलपुर टोलमा गीता शाहको पक्की घरमाथिको टस उडाएको र साईकलमा समेत क्षति पुगेको बुझिएको छ ।
टिप्पणीहरू