सेनाले खुलायो ट्रेड फलोअर्समा भर्ना
नेपाली सेनाले रिक्त रहेका विभिन्न ट्रेडका फलोअर्स पदमा भर्ना खुलाएको छ ।
सेनाको भर्ना छनौट निर्देशनालयले आज सूचना जारी गर्दै १६६ जना जनशक्ति आवश्यक रहेको जनाएको छ । फलोअर्सअन्तर्गत सूचिकार, सफाईकर्मी, केशकतर्क, लोहाकारलगायत पदमा भर्ना खुलाइएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आगामी जेठ ३१ गतेसम्म दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर थप एक हप्तासम्म फाराम बुझाउन पाइने सूचनामा उल्लेख छ । ट्रेड फलोअर्सका लागि साधारण लेखपढ गर्नसक्ने भएपुग्छ ।
टिप्पणीहरू