‘सगरमाथा संवाद’को उद्घाटनपछि लञ्च ब्रेक
नेपालले पहिलोपल्ट आयोजना गरेको सगरमाथा संवादको औपचारिक उद्घाटन गरिएको छ ।
होटल सोल्टीमा तीन दिनसम्म चल्ने कार्यक्रमको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा उपस्थित स्वदेशी तथा विदेशी पाहुनालाई स्वागत गर्दै उहाँले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न वैचारिक मार्गनिर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो ।
‘हिमालहरु पग्लिदै गएका छन्, होचो भएका छन्, पानीका मुहानहरु सुक्दै गएका छन्, यस्ता अनेक पर्यावरणीय समस्या देखिन थालिरहेको बेला यो कार्यक्रम आयोजना भएको छ’, प्रम ओलीले भन्नुभयो, ‘यस कार्यक्रमले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न अन्तराष्ट्रिय रुपमा कस्ता कदम चाल्न सकिन्छ, जुन हामीले गर्नै पर्नेछ, त्यसबारे गम्भीर विचार विमर्श भएर निष्कर्षहरु आउनेमा विश्वस्त छु ।’
कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पठाउनुभएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिएको छ ।
कार्यक्रमको औपचारिक उद्घाटनपछि अहिले पाहुनाहरुको लागि लञ्च ब्रेक गरिएको छ । केही घण्टामै छलफल सत्र शुरु हुँदैछ । जलावयु परिवर्तनको प्रभाव, रोकथामका उपाय, अन्तराष्ट्रिय पहल लगायत पाँच थिममा कुल १२ वटा छलफल सत्र हुने बताइएको छ ।
भोलि साँझसम्म छलफल सकेर पर्सि विदेशी पाहुनाहरुलाई माउन्टेन फलाइटमार्फत सगरमाथा आधार शिविर घुमाउने कार्यक्रम छ । सोही दिन ‘काठमाडौँ घोषणा पत्र’ समेत जारी हुनेछ ।
टिप्पणीहरू