राजा माग्दै माइतीघरमा दुई-दुई जनाको टोली

राजा माग्दै माइतीघरमा दुई-दुई जनाको टोली

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि २०४७ सालको संविधान जगाउन माग गर्दै दुई सदस्यीय टोलीले माइतीघरमा धर्ना दिएको छ । 

राजतन्त्र पुर्नबहाली महाअभियाअन्तर्गत ‘राष्ट्रवादीहरुको साझा संस्था नेपाल' का तर्फबाट अभियन्ता माया पाण्डे र शंकर मघैया आज बिहान माइतीघर मण्डलाको विस्तारित सडक खण्डमा शान्तिपूर्ण धर्नामा बसेका हुन् । उनीहरुले 'बैदिक सनातन हिन्दुराज्य र राष्ट्रका लागि राजा' '२०४७ सालको संविधान आजको आवश्यकता' लेखिएको ब्यानर प्रदर्शन गरेका छन् ।

यता, माइतीघरमै राजावादीहरुको अर्को समूह पनि धर्नामा बसेको छ । 'राष्ट्रवादी मातृशक्ति नेपाल' को ब्यानरमा शारदा शाही र अर्का एक जना राजा फर्काउन कस्सिएका हुन् । 

उनीहरुले अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चतता, मानव अधिकारको प्रत्याभूति र आस्थाका बन्दीहरुको निशर्त रिहाइको माग गरेका छन् । प्लेकार्डमा 'पृथ्वीपथका लागि एकता प्रदर्शन गरौं', 'परिवर्तनका लागि राजसंस्था कायम गरौं' लेखिएको प्लेकार्ड देखाइएको छ ।

टिप्पणीहरू