न्यायाधीशविरुद्ध धर्ना निरन्तर

न्यायाधीशविरुद्ध धर्ना निरन्तर

रुकुम-पश्चिमको सोती घटनामा उच्च अदालत सुर्खेतको फैसलाप्रति असन्तुष्टि जनाउँदै पीडित पक्षले आज पनि माइतीघर मण्डलामा धर्ना दिएको छ । 

फैसला गर्ने न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीलाई कारबाहीको माग राख्दै घटनामा मारिएका पीडित परिवारले आज १५ औं दिन धर्नालाई निरन्तरता दिएका हुन् । 

प्रेमिका लिन रुकुम पश्चिम पुगेका जाजरकोटका नवराज विकसहित ६ जनाको २०७७ जेठ १० गते सामूहिक हत्या भएको थियो । घटनामा संलग्न २३ जनालाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो । 

त्यसविरुद्ध प्रतिवादीहरुले उच्च अदालत सुर्खेतमा पुनरावेदन गरेकोमा गत वैशाख १५ गते न्यायाधीशद्वय मैनाली र भण्डारीको इजलासले जन्मकैदको सजायलाई सदर गर्दै उनीहरुलाई जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर गरिदिएको थियो । त्यसप्रति आपत्ति जनाउँदै मृतकका परिवार तथा आफन्त अनि दलितका लागि दलित अभियानले लगातार आन्दोलन गर्दै आएको छ ।

आजको धर्नामा मृतक नवराजका बुबा मोहनलाल विक, आम उर्मिला विक;लगायत ७ जना छन् । उनीहरुले न्यायाधीश मैनाली र भण्डारीको फोटोसहितको ब्यानर प्रदर्शन गरेका छन् ।

टिप्पणीहरू