स्मार्ट लाइसेन्स छपाई कार्य सुचारु

स्मार्ट लाइसेन्स छपाई कार्य सुचारु

अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाई कार्य पुनः थालिएको छ । यातायात व्यवस्था विभागको प्रिन्टिङ्ग प्रणालीमा समस्या आएपछि रोकिएको स्मार्ट लाइसेन्स छपाई कार्य एक सातापछि सुचारु गरिएको जनाइएको छ ।

विभागले हाल समस्या समाधान भई प्रिन्टिङ्ग कार्य सुचारु भएको जनाउँदै विज्ञप्ति जारी गरेको छ । ‘वैशाख २५ गतेदेखि यस विभागको प्रिन्टिङ्ग प्रणालीमा समस्या आई अत्यावश्यक सवारी चालक अनुमतिपत्र कार्ड छपाई कार्य बन्द भएकोमा हाल सो समस्या समाधान भई प्रिन्टिङ्ग कार्य पुनः सुचारु भएको जानकारी गराउदछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

विभागले अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवम् प्रहरी र गैरआवासीय नेपाली नागरिकका लागि अत्यावश्यक लाइसेन्स छपाई गर्दै आएको छ । लाइसेन्स छपाई कार्य बन्द हुँदा सेवाग्राही निकै ठूलो मर्कामा परेका थिए ।

टिप्पणीहरू