सोल्टीका पाहुनालाई लोकल रक्सीको स्वाद

सोल्टीका पाहुनालाई लोकल रक्सीको स्वाद

सगरमाथा संवादमा सहभागी विदेशी पाहुनालाई नेपाली रक्सी खुवाइएको छ । उनीहरुको सम्मानमा सोल्टी होटलमा हिजो आयोजित रात्रिभोजमा नेपाली रैथाने खानेकुरा खुवाउने क्रममा ऐला अर्थात् तीनपाने रक्सी पनि राखिएको थियो ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आयोजना गरेको उक्त रात्रिभोजको संयोजन नेपाल पर्यटन बोर्ड र होटल संघ नेपालले गरेको जानकारी दिइएको छ । भोजमा सातै प्रदेशका मुख्य  रैथाने परिकार तथा पेय पदार्थ राखिएको थियो ।

विशेषगरी थकाली,नेवारी,हिमाली, पहाडी तथा मधेशी खानाका परिकार  तयार पारिएको थियो । कार्यक्रममा लोकनृत्य तथा संगीत पनि प्रस्तुत गरियो ।

टिप्पणीहरू