सम्मानकै अपमान भयो कि अमेरिकामा ?
अमेरिकामा बस्दै आएका नेपाली पत्रकारहरुले एकजना लागुऔषध कारोबारीलाई सम्मान गरेका छन् । हालै सकिएको नेपाल–अमेरिका पत्रकार संघ (नेजा) को साधारण सभामा संगठनसँग ‘गोरु बेचेको साइनो’ पनि नभएका विवादास्पद व्यक्तिलाई सम्मान गरिएको पाइएको छ ।
टेक्सासमा बस्दै आएका सुमन थापा मूलतः गैरआवासीय नेपाली (एनआरएन) हुन्न । यसअघिको कार्यसमितिमा उपाध्यक्ष रहेका उनलाई नेजाले मे १० र ११ का दिन लसभेगासमा आयोजित वार्षिक साधारण सभामा सम्मान गरेको हो । तर थापा सन् २०२३ को मार्च १५ का दिन टेक्सासमा लागुऔषध "कारोबार गरेवापत" पक्राउ परेको अभिलेख छ । कानुनी प्रक्रियाको क्रममा केही समय जेल बसेका उनको मुद्दा अहिले पनि विचाराधीन नै रहेको बताइन्छ ।

सम्मेलनस्थलमा सम्मानका लागि अकस्मात थापाको नाम उद्घोष गरिएको एकजना पदाधिकारीले बताए ।
नवनिर्वाचित कार्यसमितिका एक सदस्यले भने,‘हामी आगामी बैठकमा यसवारे कुरा राख्नेछौं ।’
टिप्पणीहरू