गोहीले आधा खाइसकेको अवस्थामा महिलाको शव फेला
राष्ट्रिय निकुञ्जभित्र हिजो साँझ महिलाको एउटा लास फेला परेको छ ।
भरतपुर–२८ स्थित चितवन राष्ट्रिय निकुञ्ज भित्र नारायणी नदीको किनारमा महिलाको लास फेला परेको हो । नदी किनारमा पानीमा भेटिएको उक्त लासको नामथर वतन खुल्न नसकेको प्रहरीले बताएको छ ।
टाउको र कम्मरमुनिको भाग गोहीले खाइसकेको अवस्थाको महिलाको लास पानीबाट बाहिर निकाली मुचुल्का लगायतको कार्य पूरा गरी हिजै राति साढे १० बजेतिर पोस्टमार्टमको लागि नजिक पर्ने नवलपरासीको मध्यविन्दु अस्पताल पठाइएको जानकारी जिल्ला प्रहरी कार्यालय चितवनले दिएको छ ।
टिप्पणीहरू