राप्रपा नेतृलाई चेक बाउन्स मुद्दामा सफाइ
राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य खुश्बु ओलीले छ वर्ष पुरानो चेक बाउन्सको मुद्दामा सफाइ पाएकी छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला बदर गरेपछि उनले सफाइ पाएकी हुन् ।
खुश्बुले सन् २०१७ जनवरी ३ तारिखमा दिएको चेकको भुक्तानी नभएको र आफ्नो पैसा पनि नदिएको भन्दै सप्तरीका गोपाल कटुवालले मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा (०७६) न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले खुश्बुलाई दोषी ठहर गर्दै तीन महिना कैद र तीन हजार जरिवानाको फैसला सुनाएको थियो ।
तर मुद्दा दायर गरेका कटुवाल र खुश्बुले आपसी समझदारीमा लेनदेनको विवाद सुल्झाएपछि आज सर्वोच्चले सफाइ दिएको हो ।
टिप्पणीहरू