उत्कृष्टका लागि दौडेका असईको बागमती करिडोरमा देहान्त

उत्कृष्टका लागि दौडेका असईको बागमती करिडोरमा देहान्त

सशस्त्र प्रहरी सहायक निरिक्षक राजकुमार वाग्लेको निधन भएको छ । नख्खु कारागारमा कार्यरत उनको आज बिहान दौडने क्रममा प्राण त्यागेका हुन् । 

केन्द्रीय निरीक्षण तथा उत्कृष्ट युनिट छनोटको लागि बिहान साढे ६ बजे उपत्यका बेसहरुको संयुक्त दौडमा सहभागी भएका उनी सिनामंगलस्थित गुमेश्वरी माध्यमिक विद्यालय नजिकैको बागमती करिडोरमा अचानक ढलेका थिए । उनलाई उपचारका लागि तत्काल केएमसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । 

भक्तपुरको दुवाकोट गणमा दरबन्दी भए पनि नुवाकोट घर भएका वाग्ले केही समयदेखि नख्खु कारागारमा कार्यरत थिए ।

टिप्पणीहरू