विदेश छाड्दै, धमाधम स्वदेश फर्कँदै

विदेश छाड्दै, धमाधम स्वदेश फर्कँदै

युरोप, अमेरिका, अष्ट्रेलियामा रहेका चिनियाँ विशेषज्ञहरु स्वदेश फर्कने क्रम बढ्दो छ । अष्ट्रेलियामा दशकौंसम्म बसेका आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विज्ञ चाङ चङ्छी चीनमा अध्यापन गराउने भन्दै फर्केका छन् ।

सम्भवतः चीनमै पहिलो पटक सन् १९८० को दशकमा एआई अध्ययन गरेका प्रोफेसर चाङ सिड्नीस्थित टेक्नोलोजी विश्वविद्यालयका भूतपूर्व उप उपकुलपति पनि हुन् । उनी अब चीनको सेन्जेनस्थित अनुसन्धान इन्ष्टिच्युटमा आवद्ध भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

उनी सन् १९५७ मा पूर्वी चीनको सान्दोङ प्रान्तस्थित लिन्यीमा जन्मेका थिए । चीनले सन् १९५० देखि ७० सम्म विज्ञहरुलाई ग्रामीण भेगको जानकारी लिन दूरदराजमा पठाउने नीति लिएको थियो । सोही नीतिका कारण गरिब र ग्रामीण भेग अनुकूलका नीति तर्जुमा भएकाले चीनको विकास सम्भव भएको बताइन्छ । 

पछिल्लो समय विश्वका सम्पन्न र शक्तिशाली मुलुकमा रहेका चिनियाँ विज्ञहरु स्वदेश फर्कने क्रमलाई  आधा शताब्दीअघिको उक्त नीतिसँग तुलना गर्न थालिएको छ । सन् १९९१ मा क्विन्सल्याण्ड विश्वविद्यालयबाट एआईमा पिएचडी सकाएका उनी विभिन्न विश्वविद्यालयमा प्रोफेसर थिए ।

टिप्पणीहरू